Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपर मादी हाइड्रोको लाभांश घोषणा

सुपर मादी हाइड्रोको लाभांश घोषणा


काठमाडौं  । सुपर मादी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूका लागि दुई प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आयोजना सञ्चालनको तीन महिनाको अवधिमा नै कम्पनीले सेयरधनीहरूको लागि लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको शनिबार सम्पन्न १३ औँ र १४ औँ संयुक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट दुई प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा कम्पनीका अध्यक्ष ढुंगानाले कास्कीको मादी नदीमा निर्माण भएको ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना छोटो समय र तुलनात्मकरूपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए । यस्तै, सभाले आगामी दिनमा आयोजनामार्फत अन्य सम्भावित आयोजनाहरूमा समेत लगानी गर्न सञ्चालक समितिलाई स्वीकृति दिएको छ । यस्तै, ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनामा समेत यस कम्पनीद्वारा लगानी गर्न गरिएको प्रस्तावलाई पनि सभाले पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको आगामी चार वर्षको कार्यकालका लागि संस्थापक सेयरधनीको तर्फबाट पाँच जना सञ्चालक समेत चयन भएका छन् । पुष्पज्योति ढुंगाना, रघुनाथ पुरी, धनराज आचार्य, मित्रप्रसाद काफ्ले र बाबुराम थापा सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा अरुणा पराजुली निर्विरोध निर्वाचित भएकी छिन् भने स्वतन्त्र सञ्चालकमा विष्णुप्रसाद पाण्डेय चयन भएका छन् । यस सुपर मादी हाइड्रो पावर लिमिटेडले निर्माण गरेको सुपर मादी जलविद्युत् आयोजनाको गत वर्ष निर्माण सम्पन्न भएको थियो । सो आयोजनाले व्यापारिक उत्पादन २०७९ चैत्र २७ गतेदेखि थालेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया