बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड
जानकी (बाँके) । नेपालगञ्जका हरित अभियानकर्मी हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । लेक्स फाउन्डेसनको आयोजनामा भारतको हरियाणामा सोमबार आयोजित दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा उनी सम्मानित भएका हुन् ।
हरित अभियानकर्मी हेमन्तलाई बिजेपीका विधानसभा सांसद मोहनलाल बडोलीले सम्मान गरेको राससले जनाएको छ । यो भन्दा पहिला पनि अन्तराष्ट्रिय अवार्डबाट काफ्ले सम्मानित भएका थिए । उनी सन् २०२० मा समरस्ता अन्तरराष्ट्रिय अवार्ड भारत, २०२१ मा डब्लुडब्लुएफ कन्जरभेसन अवार्ड, २०२३ मा एभरेष्ट इन्टरनेसनल क्लाइमेट एक्सन अवार्ड र हालै २०२४ मा भारतको हरियाणामा ट्रिमेन अवार्डबाट सम्मानित भएका छन् ।
चालिस वर्षीय काफ्लेले झन्डै डेढ दशकदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर हरित अभियानका रुपमा निरन्तर लागिरहेका छन् । ‘गिभ मी सिड आई विल गिभ यू ट्रिसु’ भन्ने मूल नाराका साथ अगाडि बढेका काफ्लेको अभियानलाई भारत, जर्मनी, अमेरिका, दक्षिण अफ्रिकाबाट रूखका बीउ प्राप्त हुने गरेको छ ।
विदेशी मुलुकबाट प्राप्त बीउ मध्ये विशेषगरी कल्पवृक्षको बीउलाई उमारेर बिरुवा बनाई उनले बाँकेका विभिन्न धार्मिकस्थलमा लगाउने गरेका छन् । मेरो हरित अभियानबाट प्रभावित भएर अन्य देशबाट कल्पवृक्षका बीउ उपहारमा प्राप्त हुने गरेका छन् उनले भने, “ती कल्पवृक्षका बीउलाई बिरुवा बनाई मैले यस क्षेत्रका विभिन्न धार्मिकस्थलमा लगाउने गरेको छु ।
कल्पवृक्ष अभियानअन्तर्गत नेपालका धार्मिकस्थल पशुपतिनाथ, सुर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, प्यूठानको स्वर्गद्वारी, नेपालगञ्जको हनुमानगढीलगायत भिन्न जिल्लामा कल्पवृक्ष लगाएका छन् । काफ्लेले जो कसैको विशेष दिनमा सम्झनास्वरूप कल्पवृक्ष र शीतलचिनीको बिरुवा उपहारस्वरूप दिने गरेको पनि बताए ।
साथै उनले सुरु गरेको शीतलचिनीको बिरुवा बाँड्ने अभियान संसारभर फैलिँदै गएको जनाइएको छ । हरित अभियानकर्मी काफ्लेले नेपालगञ्जका सरकारी कार्यालय, विद्यालय र सडकको ग्रिनबेल्टमा शीतलचिनीका हजारौँ बिरुवा लगाएर बाँकेलाई हरियाली बनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
- युरोपियन युनियनका राजदूतको परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया