Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयात्रुको अत्याधिक चाप भएपछि हप्ताको चार पटक उडान हुँदै

यात्रुको अत्याधिक चाप भएपछि हप्ताको चार पटक उडान हुँदै


तम्घास । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएको गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।

बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको यात्रुको अत्याधिक चाप भएपछि हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए ।

हालसम्म रेसुङ्गामा ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । अधिकाशं जहाजमा गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया