Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाथीभरामा पुसमा मात्र ३५ लाख भेटी संकलन, हालसम्म आठ करोडबढी संकलन

पाथीभरामा पुसमा मात्र ३५ लाख भेटी संकलन, हालसम्म आठ करोडबढी संकलन


ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिना(पुस)मा ३५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाख रुपैयाँ भन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार गत पुसमा मात्र कूल ३५ लाख २९ हजार रुपैयाँ भेटी संकलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । राससले जनाएनुसार संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया