Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

विदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया