Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीवाईसी लघुवित्तलाई संकटमा पारेर कार्यकारी भूमिकाबाट बाहिरिए शर्मा

सीवाईसी लघुवित्तलाई संकटमा पारेर कार्यकारी भूमिकाबाट बाहिरिए शर्मा


कास्कीको पोखरामा प्रधान कार्यालय रहेको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई संकटमा पारेर कार्यकारी भूमिकाबाट प्रबन्ध सञ्चालकसहित प्रबन्ध निर्देशक रहेका डोलिन्द्रप्रसाद शर्मा बाहिरिएका छन् ।केही समयअघि मात्र आर्थिक दैनिकको प्रतिनिधिसँगको भेटमा लघुवित्तलाई जोखिम उठाएरै आक्रामक हिसाबले ७७ वटै जिल्लामा शाखा पु¥याइएको र यसमा आफूले ठूलो मिहिनेत गर्नुका साथै ठूलो लगानी भएकोले संस्थालाई संकट हुनबाट जोगाउन आफू अझै केही समय संस्थामा कार्यकारी भूमिकामा नै रहेर काम गर्दै बताउँदै आएका शर्मा एकाएक संस्थाको कार्यकारी भूमिकाबाट बिदा भएका छन् ।

लघुवित्तहरूले मिटरब्याजजसरी ब्याज उठाएको भनेर लघुवित्तहरूको व्यापक विरोध भइरहेकै समयमा शर्माले विकट जिल्लाहरूमा लघुवित्तको शाखा विस्तारको नाममा करोडौँ खर्च गराएर छोडेका छन् ।कार्यकारी भूमिकाबाट गुपचुप अलग हुन खोजेका शर्मा बुधबार आर्थिक दैनिकले प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सम्पर्कमा नआएपछि उनको विषयमा बिहीबारको आर्थिक दैनिकमा समाचार प्रकाशित भएको थियो र त्यसपछि मात्र संस्थाको वेबसाइटबाट कार्यकारी पदसहितको शर्माको नाम र फोटो हटाइएको थियो । हाल शर्मा सञ्चालकको रूपमा कायम नै रहेको संस्थाको वेबसाइटमा उल्लेख छ ।केही समयअघिको आर्थिक दैनिकसँगको प्रत्यक्ष संवादमा शर्माले सीवाईसीमा आफूले जसरी काम गर्नसक्ने व्यक्ति कोही आउन नसक्ने र आए पनि संस्था समेत नटिक्ने बताएका उनले एकाएक संस्था छोडेपछि सीवाईसीमा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।

लघुवित्त स्रोतका अनुसार शर्माको अनियमितताका कारण संस्था कमजोर रहेकै कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि आवेदन नै पर्न सकेको छैन ।लघुवित्तले प्रथम पटक गत पुष ७ गते सीईओको लागि दरखास्त आह्वान गरे पनि पर्याप्त आवेदन नपरेको भन्दै पुनः माघ ३ गते १५ दिने सूचनामार्फत सीईओको लागि आवेदन माग गरिएको छ ।
बिहीबार समाचार प्रकाशित भएसँगै आर्थिक दैनिकको सम्पर्कमा आएका शर्माले आफूले संस्थामा केही बदमासी नगरेको बताए । उनले सकभर आफू संस्थामा कार्यकारी भूमिकाबाट बाहिरिएको विषय बाहिर नल्याउन खोजेको बताए ।
उनले आफ्नो नाममा डोल्पामा एउटा शाखा खोलेको बताउँदै त्यसमा समेत राष्ट्र बैंकले समेत आफ्नै नाममा शाखा खोल्न अनुमति दिएको शर्माले बताए ।

शर्माले आफ्नो नाममा सर्वसाधारणको लगानी रहेको लघुवित्तको शाखाको नाम राखेको विषयमा जनस्तरमा विरोध भएपछि शाखाको नाम परिवर्तन गरेर मुड्केतुवा राखेको आर्थिक दैनिकलाई बताए ।आर्थिक दैनिकसँग कुरा गर्दै शर्माले आफू सधैँ चर्चामा बस्न रुचाउने भएकोले पोखरा छोडेर काठमाडौंमा आएको र अब पुनः आफ्नो चर्चा सुरु हुनलागेको बताए । उनले घुमाउरो पारामा राजनीतिक नियुक्त लिन लागेको समेत बताए ।स्रोतका अनुसार लघुवित्तलाई शर्माले अनियमित तरिकाले चलाएर जथाभावी नियुक्तिसँगै लगानी गरेको त्यसले प्रतिफल नै दिन नसक्ने गरी बसेकोले संस्थाका सीईओको लागि पर्याप्त आवेदन नपरेको हो ।कार्यकारी भूमिकामा आउनेले समेत शर्मा सञ्चालक रहुन्जेल वित्तीय ऐन नियमभन्दा पनि दबाबले काम गर्नुपर्ने हुनसक्छ भन्दै सक्षम व्यक्तिहरूले आवेदन नदिएकोले संस्थाले दोहो¥याएर सीईओको आवेदन माग गर्नुपरेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया