Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा डा. अधिकारी

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा डा. अधिकारी


काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको रुपमा डा. नवराज अधिकारीले जिम्मेवारी पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले यसअघि बोर्डमा कार्यकारी निर्दैशककोरुपमा कार्यरत रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल यही पुस २० गते देखि सकिएछि बोर्ड नेतृत्व बिहिन भएको थियो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको बोर्डको भनाई छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया