Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक ताकाका यी भगवान तर अहिलेका….

एक ताकाका यी भगवान तर अहिलेका….


एकताका यी व्याक्तिका वारेमा कसैले टीकाटिप्पणी गर्न पनि डराउनुपर्ने अवस्था थियो । समाजिक सञ्जालमा नेपाली उरण्ठेउलो जमातले उनीहरुलाई भगवानकै दर्जा दिएका थिए । एकताका धुर्मुस सुन्तलीको बारेमा विरोधको कुरै गर्नु हुँदैन त्यो,त्यस्तै अवस्था थियो गगन थापाको,धुर्मुस सुन्तलीले भरतपुरमा क्रिकेट रंगशाला बनाउन उठाएको पैसा उल्टै हिनामिना गरे,रंगशाला नबनाएको कुरो त छँदै छ ।

गगन थापाको बाख्रा काण्ड सार्वजनिक भएपछि वल्ल साइजमा आए । रवी लामिछनेको विरोधमा बोल्नै हुँदैन थ्यो,एकपछि अर्को काण्ड सार्वजनिक भएपछि उनी पनि संघार्ष गर्दै छन् । कुलमान घिसिङलाई भगवान जस्तै मान्ने जमात थियो,अहिले त्यही जमात विरोधमा पुगेको छ । रामबहादुर बमजनलाई त लिटिल बुद्ध भनेर प्रचार गरियो,अहिले खोरमा पुगेका छन्। पल शाह सन्दीप लामिछानेको पनि त्यही नियति भयो । देवत्वकरण गरिएका महासयहरु रहेछन् त भगवान ?


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया