Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचार गरेका मालपोत अधिकृत भट्टराईलाई जरिवानासहित कैद सजायको माग

भ्रष्टाचार गरेका मालपोत अधिकृत भट्टराईलाई जरिवानासहित कैद सजायको माग


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मिन बहादुर भट्टराईले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले बिगो बमोजिम जरीवाना र कैद सजायको माग गरेको छ । अख्तियारले उनीविरुद्ध करोडौँ ठगीको माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा कैद र जरिवानाको उजुरी दिएको हो ।

अख्तियारका अनुसार ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय(मधेस प्रदेश) जनकपुर, धनुषाका शाखा अधिकृत(आठौं) भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले करोडौं अवैधानिक सम्पत्ति आर्जन गरेका थिए । भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि २०७९।०२।३० गते सम्मको अवधिमा करिब साढे चार करोड रुपैयाँ अवैधानिक सम्पत्ति आर्जन गरेको अख्यिारको जनाएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया