Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल इटालियन चेम्बरद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

नेपाल इटालियन चेम्बरद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ


काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो ।

सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । अध्यक्ष सञ्जय अग्रवालले चेम्बरकोे मूल्य मान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे ।

प्रत्युत्तरमा तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिए । एनआईसीसीआईले तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने तथा नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।

एनआईसीसीको बारेमा:

नेपाल इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया