Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजुम्लामा बिहानैदेखि हिमपात हुँदा किसान खुसी

जुम्लामा बिहानैदेखि हिमपात हुँदा किसान खुसी


जुम्ला । बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जानकारी दिए ।

अहिले हिमपात भइरहेको छ । यसवर्षको हिउँदेयामको यो पहिलो हिमपात हो । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । कृषि विकास कार्यालयले जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको जनाएको छ ।

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया