Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनताले उठाएका आवाज खेर जान दिदैनौं : महामन्त्री थापा

जनताले उठाएका आवाज खेर जान दिदैनौं : महामन्त्री थापा


बर्दिबास । नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताएका छन् ।

संवाद यात्राका क्रममा महामन्त्री थापाले अब पनि जनताका शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने बताए । उनले अबको बजेटमा यी सिँचाई योजनालाई प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गरे । उनले यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान नदिने बताए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया