Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदक्यानका सचिव पारसविरुद्ध अख्तियारमा निवदेन दर्ता

क्यानका सचिव पारसविरुद्ध अख्तियारमा निवदेन दर्ता


काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ । सचिव खड्काले क्यानको विधान विपरित आफुखुशी क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गानालाई नियुक्त गरेको भन्दै उनीविरुद्ध अख्तियारमा निवेदन दर्ता भएको हो ।

अख्तियारमा निवेदन दर्ता गराउनेमा सुमन शर्मालगायत छन् । खड्काले राम्रालाई भन्दा हाम्रा व्यक्तिलाई क्यानमा भित्र्याएको आरोप छ । क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गानालाई नियुक्त गर्नुअघि वृतान्त खनाल क्यानको महाप्रबन्धक थिए । खनाललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महाप्रबन्धकको पदबाट करिव ६ महिनाअघि हटाएका थिए । त्यसपछि रिक्त हुन पुगेको महाप्रबन्धकको पद पूर्ति गर्न अध्यक्ष चन्द नै रहेको क्यानको पुरानो कार्यसमितिले सूचना प्रकाशित गरेर प्रक्रिया अगाडि बढाएको थियो । जसमा थुप्रै आवेदन परेपनि क्यानले पाँच जनाको सट लिस्ट तयार पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा पठाएको थियो ।

सचिव खड्काले क्यानको केन्द्रीय कार्यसमितिको सिफारिस बिनै महाप्रबन्धमा ढुङ्गानालाई नियुक्ति गरेको भन्दै अहिले उनको क्यानभित्रै आलोचना भइरहेको छ । साथै, सचिव खड्काविरुद्ध अख्तियारमा तीनवटा निवेदन दर्ता भएको बुझिएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको प्रतिक्रिया