Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझलमल्ल काठमाडौं बनाउन स्मार्ट स्ट्रिट लाइट जडान

झलमल्ल काठमाडौं बनाउन स्मार्ट स्ट्रिट लाइट जडान


काठमाडौं । काठमाडौंका मुख्य सडकहरुलाई झलमल्ल बनाउन काठमाडौं महानगरपालिकाले १२ करोड रुपैयाँ खर्च गरेर स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान कार्य थालेको छ । काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागले स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडानमा सहकार्य गरेका छन् ।

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काममा लागत अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाले त्यसको ६० प्रतिशत रकम र नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता गरिएको छ ।

कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा, महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा वत्ती जडान गरिसकिएको महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले बताए । महानगरले फराकिलो सडकमा १२० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया