Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयूकेका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लाग्यो

यूकेका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लाग्यो


काठमाडौं,राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ।

प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट “नियमित उपचार” थालेका छन्।

पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन्।
राजा ‘पूर्ण सकारात्मक’
तर बकिङ्गम दरबारले राजा “आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको” जनाएको छ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन्।

आइतवार उनलाई स्यान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए।

उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए।

प्रस्टेट क्यान्सर होइन
राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।

उनले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रस्टेटसँग सम्बन्धित समस्यामा वृद्धि भएको देखिएको छ।

यो प्रस्टेट क्यान्सर नभएको बुझिएको छ तर प्रस्टेट बढेको उपचार गराउने क्रममा पत्ता लागेको हो।

राजा चार्ल्सको उपचार जारी रहने छ। क्यान्सर प्रारम्भिक चरणमा नै हुँदा पत्ता लागेको विश्वास गरिएको छ।
सार्वजनिक कार्यक्रमबाट पर
राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको क्रममा रानी कमिला एवं राजकुमार विलियमले उनका दायित्वहरू निर्वाह गर्ने छन्।

तर ७५ वर्षका राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक दायित्वलाई निरन्तरता दिने छन्।

आइतवार उनलाई स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरको प्रार्थनासभामा देखिएको थियो। त्यहाँ उनले भिडतिर हात हल्लाएका थिए।

एक साताभन्दा केही समयअघि लन्डनस्थित एउटा निजी अस्पतालमा प्रस्टेटको उपचार गराएका राजा चार्ल्स अहिले स्वास्थ्यलाभ गरिरहेका थिए।

राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।
क्यान्सरको उपचारमा कीमोथेरपी पनि संलग्न हुन सक्छ‌। त्यसमा क्यान्सरको कोष मार्नका लागि औषधि दिने गरिन्छ।

त्यसै गरी रेडिओथेरपी विधिबाट उपचार गराउँदा विकिरण दिएर क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ।

त्यसबाहेक क्यान्सरविरुद्ध निश्चित औषधिहरू पनि दिने गरिन्छ जसले क्यान्सर लागेका कोषहरू पत्ता लगाएर तिनलाई नष्ट गर्छन्।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया