सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले कार्यतालिका कार्यान्वयनमा आफू विश्वस्त रहेको समेत बताए ।
“सदनमा यसपटक कार्यतालिका कार्यान्वयन हुने भएको । यसको कार्यान्वयनले विगतमा कुनै कारणले सदन प्रभावित हुने प्रवृत्तिलाई समेत न्यूनीकरण गर्नेछ । कार्यतालिका कार्यान्वयन हुँदा निर्धारित दिनको जिम्मेवारी सोही दिन पूरा हुनेमा विश्वास लिएको छु”, उनले भने ।
सभापति लामिछानेले सर्वदलीय बैठक दलीय स्वार्थ र भागबन्डामा केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरे । राससका अनुसार उनले सर्वदलीय बैठक पार्टीको नेताको घर वा कार्यालयमा नभइ मुसहर बस्तीमा बस्नुपर्छ भने ।
उनले सर्वदलीय बैठक बसी आर्थिक शिथिलता र युवा पलायन रोक्ने विषय, र युवा लक्षित ‘प्रोजेक्ट होप अभियान’का विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । साथै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्दै २०४८ सालपछिका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे ।
उनले रुग्ण भएका भौतिक आयोजनाको व्यवस्थापन र शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको सङ्कट समाधानका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । “सर्वदलीय बैठकमा सहकारी र लघुवित्त संस्थाको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्त सुरु विषयमा छलफल गरौँ”, उनले भने, “यो विषयलाई संसदमा ल्याएर छलफल गरौँ । यसका लागि कानुनी र प्रशासनिक तदारुकता देखाउनुपर्छ ।”
उनले संसदमा सत्तापक्षले बहुमतको बलमा प्रतिपक्षले राख्ने संशोधन फेल गराउने प्रवत्तिमा पनि असन्तुष्टि व्यक्त गरे । “सांसदहरुले दर्ता गराउने सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव कार्यसूचीमै नचढाउने प्रवृत्ति गलत छ”, उनले भने, “नागरिकसँग प्रत्यक्ष जोडिने यस्ता अनेकौँ प्रस्ताव दर्तामै सीमित गराउने प्रवृत्तिको अन्त्य गर्न दल र सरकार सबैको ध्यानार्कषण गराउन चाहन्छु ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया