Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलैंगिक तथा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका–६ समेतको संयुक्त सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निमूर्ल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता कार्यक्रमबाट समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष एवम् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कानूनी सल्लाहकार राधिका खतिवडा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया