Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन हुने

भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन हुने


काठमाडौँ । विश्वविद्यालयमा यही फागुन ३ गते देखि ५ गतेसम्म विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन् । सो अवसरमा नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् ।

काठमाडौँ विश्वविद्यालयले भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधानमा सभाको आयोजना गर्न लागेको जनाएको छ। भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो।

सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् । हालसम्म करिब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताइन्। सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया