Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको समृद्धिका लागि दलबीच सहमति जरुरी : सभामुख घिमिरे

मुलुकको समृद्धिका लागि दलबीच सहमति जरुरी : सभामुख घिमिरे


मोरङ । मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने सभामुख घिमिरेले आवश्यकता औँल्याए । उनले सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी गराउँदै संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया