Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकानुन विपरीत संचालित उपकार र सत्यम फार्मेसी बन्द

कानुन विपरीत संचालित उपकार र सत्यम फार्मेसी बन्द


काठमाडौं । कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा बन्द गराइएको छ ।

उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधी महँगोमा बिरामीलाई बिक्री वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू स्वयं नै सहभागी भएका थिए ।

वीर अस्पतालभित्रका फार्मेसीमा बिरामीलाई आवश्यक पर्ने औषधि नपाउने र वीरका निर्देशकले मिलेमतोमा बिरामीलाई बाहिरका फार्मेसीबाट महँगो औषधी किनाउने गरेको गुनासो आएपछि मन्त्री बस्नेतले औषधी व्यवस्था विभागका विज्ञहरू र मन्त्रालयका अधिकारी लिएर बिहीबार वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर निजी स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरूको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा वीर अस्पतालभित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधी फेला नपरेको डा. विकाश देवकोटाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया