Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतनहुँमा जन्ती सवार जीप दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते

तनहुँमा जन्ती सवार जीप दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते


पोखरा , तनहुँमा गएराति जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका वडा नं. ९ गजौडेका १७ वर्षीया तुलसी गुरूङ छन् ।

तनहुँ प्रहरीका अुसार आशबीरको घटनास्थलमै मृत्यु भएको हो भने तुलसीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा आज बिहान ३ः४० बजे मृत्यु भएको हो ।तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ गिरौनचौरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा बा१८च ५९२१ नम्बरको बोलेरो जीप गएराति साढे १२ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी मोहनबहादुर खाँडका अनुसार दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।ओभरलोड, तीव्र गतिको जीप अनियन्त्रित भइ सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी खाँडले बताए । तनहुँकै आँवुखैरेनीमा शनिबार राति पनि जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया