Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलनका कानूनी सल्लाहकार पराजुली धरौटीमा रिहा

मित्रमिलनका कानूनी सल्लाहकार पराजुली धरौटीमा रिहा


पोखरा,पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीको रकम अपचलनमा जोडिएका अधिवक्ता जनकल्याण पराजुली धरौटी बुझाएर रिहा भएका छन् । पराजुलीली सहकारीका कानूनी सल्लाहकार हुन् ।

सहकारी घोटला काण्डमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनी आइतबार स्वयं अदालतमा उपस्थित भएका थिए ।

उनलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतले मागेजति धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

सहकारीको यहि मुद्दामा सञ्चालक समितिका अध्यक्ष, पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ परेकामध्ये सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारी, हरेराम भण्डारी जनही ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर रावत १२ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल, सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया