Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोरखामा १२ वर्षकी नाबालिकामाथि करणी गर्ने६० वर्षका विक पक्राउ

गोरखामा १२ वर्षकी नाबालिकामाथि करणी गर्ने६० वर्षका विक पक्राउ


पोखरा, जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिग करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँवपालिका वडा नं. ४ सौरपानी घुन्चोकका ६० वर्षीय बुद्धिमान बिक रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार आरोपित विकले फागुन २ गते राति करिब ८ बजे १२ वर्षकी नाबालिगलाई डरत्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।

घटनापछि पीडितका बाबुले जाहेरी दिएपछि प्रहरीले फागुन ४ गते विकलाई पक्राउ गरेको थियो । उनीविरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया