Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै परिवारका तीन जनाको हत्या, एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

एकै परिवारका तीन जनाको हत्या, एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । काठमाडौंको सीतापाइलमा एकै परिवारका तीन जना ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनीहरु बस्दै आएको कोठामा मृत फेला परेको र मृतक महिला ईश्वरीका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने प्रवक्ता रेग्मीले बताए ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले घरभन्दा केही पर एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका भेटिए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया