Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज राति १० बजेसम्मका लागि कर्फ्यु हटाइयो

आज राति १० बजेसम्मका लागि कर्फ्यु हटाइयो


वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश सर्वसाधारणको सुविधालाई मध्येनजर गर्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाइएको थियो । निषेधाज्ञा बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइन्जेलका लागि जारी निषेधाज्ञा बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया