Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसको महासमिति बैठकमा दुई जना व्याक्ति विदेशी नागरिक रहेको खुलासा !

कांग्रेसको महासमिति बैठकमा दुई जना व्याक्ति विदेशी नागरिक रहेको खुलासा !


नेपाली कांग्रेसको महासमिति बैठकमा दुईजना व्याक्तिहरु विदेशी नागरिक रहेको खुलासा भएको छ । यहि फागुन ७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा उक्त कुरा बाहिरिएपछि कांग्रेस भित्रै विवाद सिर्जना भएको जानकारि प्राप्ता भएको छ । ती दुईजना व्यक्तिमध्ये एकजना बेलायती र अर्को एकजना क्यानडाका नागरिकता लिएका कारणले विवाद निस्केको हो । उनीहरु कांग्रेससँग आबद्ध भएपनि कांग्रेसको शुभेच्छुक संस्थामा काम गरेका ती व्यक्तिलाई अनधिकृत रुपमा महासमिति सदस्य बनाएको आरोप लागेको हो।

क्यानडामा रहेका बुद्धिप्रकाश लामिछानेको विषयमा निकै विवाद देखिएको छ । उनी अहिले कांग्रेसको महासमिति सदस्य रहेका छन् । त्यसैगरी, युवराज गुरुङको विषयमा पनि विवाद भइरहेको छ । गुरुङ बेलायती नागरिक हुन् । यी दुई जना विदेशी नागरिक भएका व्यक्तिहरू कसरी महासमिति सदस्य भए भन्ने विषयमा कांग्रेसभित्र विवाद उठेको छ।

विदेशमा रहेका कांग्रेसका शुभेच्छुक संस्थामा आबद्ध नागरिकलाई महासमिति सदस्य बनाउन सकिन्छ तर उनीहरु विदेशी नागरिकता लिइसकेको अवस्थामा भने हुनुहुँदैन । उनीहरु विदेशी नागरिकता र राहदानी लिइसेका व्यक्ति हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया