Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक किलो सुनसहित भारतीय पक्राउ

एक किलो सुनसहित भारतीय पक्राउ


काठमाडौं ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित विहीबार एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका छन् । पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ परेका हुन् । लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ । निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।

पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट विहीबार अपराह्न ४ बजे काठमाडौँ आएका हुन् । भन्सार जाँच पार गरिसकेपछि शंका लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया