Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमाले सांसद रायमाझीले लगाए एयरपोर्टमै आगो

एमाले सांसद रायमाझीले लगाए एयरपोर्टमै आगो


काठमाडौं : संघीय सांसद अमर रायमाझीले नेपालको प्रमुख विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लगाएका छन् । उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचत सांसद रायमाझीले अत्यन्त संवेदनशील रहेको एयरपोर्ट क्षेत्रमा आगो लगाउँदा अन्तर्राष्ट्रिय उडान नै बन्द भएको थियो ।

सांसद रायमाझीले गत सोमबार बेलुका अन्दाजी ७ः३० बजेतिर एयरपोर्टकै क्षेत्रमा रहेको गल्फ क्लबको साइडमा आगो लगाउँदा एयरपोर्ट नै बन्द गरी दमकल बोलाएर आगो निभाइएको थियो । सांसद रायमाझीले सञ्चालन गरेको ‘नयाँ नेपाल प्रालि’ नामक कम्पनीले एयरपोर्टभित्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको र त्यो फोहोर एयरपोर्टबाट निकालेर महानगरलाई जिम्मा लगाई फाल्ने गरिएकोमा उनले केही दिनदेखि महानगरलाई फोहोर नदिई राखेका थिए ।

सांसद रायमाझीको कम्पनीले जिम्मा लिएको एयरपोर्टको फोहोर संकलन गरेर महानगरमार्फत ‘डम्पिङ साइड’मा फाल्दा महानगरलाई फोहोर फालेबापतको पैसा नदिनको लागि उनले संकलन भएको फोहोर विमानस्थलमा नै आयो लगाएर नष्ट गर्ने प्रयास गरेपछि आगोको मुस्लोको कारण विमानस्थल नै बन्द गर्नुपरेपछि दमकलद्वारा आगो निभाइएको थियो ।

एयरपोर्टजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा सामान्य नागरिकले केही संवेदनशील शब्द बोल्दा समेत लगेर जेल कोच्ने प्रशासनले सांसद रायमाझीको कम्पनीलाई कुनै पनि कारबाही नगर्नु आफैँका रहस्यमय छ । संघीय सांसदजस्तो महत्वपूर्ण पदमा पुगेका व्यक्तिले नै पैसा नर्तिनलाई गरेको यो तिकडमलाई नेताहरू पैसाको लागि कतिसम्म गर्ने गर्छन् भन्ने भनाइ पुष्टि हुन्छ ।

एयरपोर्टभित्रै आगो लगाएर एयरपोर्ट नै बन्द गर्नुपरेको विषयमा आर्थिक दैनिकले राखेको जिज्ञासामा सांसद रायमाझीले सो कम्पनी आफ्नो नभएको र आफूले एयरपोर्टभित्रको फोहोर व्यवस्थापनसम्बन्धी कुनै पनि कार्य गर्ने नगरेको बताए ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया