निर्माण थालेको दश वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालनमा
चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणका क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेकोलगायत कारण काममा ढिलाइ भएको थियो । निर्माण कार्य सुरु हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको पनि उनले बताए । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।
पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो रहेको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले राससलाई जानकारी दिए । उनले भने, “एक सय २० मिटर ढलान गरिएको छभने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।”
भरतपुर महानगरपालिका–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक र दोस्रो पटक २०७९ वैशाखमा भत्किएको थियो ।
पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ आदि कारण काममा ढिलाइ भएको जानकारी दिए । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया