Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुर्खेतमा लोकसेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन सुरु

सुर्खेतमा लोकसेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन सुरु


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा लोकसेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन बुधवारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरुको राष्ट्रिय सम्मेलन हुनेगरेको छ ।

संघीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सम्मेलनको उद्घाटन गरेका छन् । लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउन उनले प्रदेश लोक सेवा आयोगहरुलाई सुझाव दिए । आयोगबाट सम्पादन गरिने कार्यक्षेत्रमा फरक भए पनि कार्य प्रकृतिमा एकरुपता रहेको भन्दै उनले कार्य सम्पादनमा गुणस्तरीयता र विश्वसनीयतामा थप अभिवृद्धि हुनेगरी सक्रिय रहन आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश योजना आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, लुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश योजना आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश योजना आयोगका सदस्य सजना दाहालले आ—आफ्नो प्रदेशमा भएगरेका कामहरुबारेमा जानकारी गराए ।

कर्णाली प्रदेशका प्रमुख सचिव चुँडामणि पौडेलले उद्घाटन कार्यक्रमममा लोक सेवा आयोगको गरिमा र साखलाई प्रदेश लोक सेवा आयोगले पनि बचाउन सफल भएको बताए । सम्मेलनमा सातै प्रदेश योजना आयोगका अध्यक्ष एवं सदस्यहरुका साथै संघीय लोक सेवा आयोगका अध्यक्ष रेग्मी, सदस्य राईसहित सदस्यहरु माधव वेल्बासे, दिनेश सिलवाल, मन्जु कुमारीलगायतको सहभागिता छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया