Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराट चक्र साधनामा सहयोग गर्न सबै स्थानीय निकायलाई निर्देशन

विराट चक्र साधनामा सहयोग गर्न सबै स्थानीय निकायलाई निर्देशन


काठमाडौं : जीवन विज्ञान प्रतिष्ठानले आगामी चैत्र १७ देखी २३ गतेसम्म लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रमा विराट चक्र साधना कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चक्र साधनामा देश विदेशका गरि पाँच हजार साधक सहभागी हुने बताइएको छ ।

उक्त विराट चक्र साधना कार्यक्रममा सहभागी हुन् र सहयोग गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहलाई निर्देशन दिएको छ । गत फागनु २७ गतेको सचिव स्तरिय निर्णयबाट स्थानिय निकायलाई साधन स्रोत, जनशक्ति र समयको सम्भाव्यताको आधारमा उक्त विराट चक्र साधना कार्यक्रममा सहयोग गर्न निर्देशन दिइएको छ ।

सचिवस्तरिय उक्त निर्णय हुनु अगि जीवन विज्ञान प्रतिष्ठानले नेपाल सरकारका सबै सचिवका श्रीमान् श्रीमतिहरुलाई केन्द्रिय कार्यालयमा एक दिने चक्र साधना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको प्रभावकारिता स्वरुप सचिव स्तरिय निर्णयबाट मन्त्रालयले उक्त सर्कुलर जारी गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया