Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकसैको दबाबमा नपरी आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

कसैको दबाबमा नपरी आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न उपप्रधानमन्त्री लामिछानेमार्फत शुक्रबार आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले निर्देशन दिए ।

उपप्रधानमन्त्री लामिछानेको सचिवालयले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिएको जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् ।

आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री दाहालको निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया