Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयी हुन् उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गर्न सिफारिस गरेका अभियुक्तहरू

यी हुन् उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गर्न सिफारिस गरेका अभियुक्तहरू


काठमाडौं, विवादास्पद व्यवसायी भिमकान्त भण्डारी- सरकारले सुन तस्करीसम्बन्धी मुद्दामा विवादस्पद व्यवसायी भीमकान्त भण्डारीउपर मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले भण्डारीउपर मुद्दा चलाउन सिफारिस गरेको हो । तस्करी प्रकरणमा जोडिएका भनिएका भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०८० माघ २५ गते बयान लिए पनि सेटिङमा भण्डारीउपर अनुसन्धान नै पूरा नगरी उन्मुक्ति दिएको आयोगको ठहर छ । सोही ठहरका आधारमा आयोगले भण्डारीउपर पुनः मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव दिएको थियो । सोही सुझावउपर गृह मन्त्रालयले भण्डारीउपर मुद्दा चलाएको हो । आयोगका अनुसार ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङसँग भण्डारीले पटक–पटक कुराकानी गरेको तत्थ्य फेला परेपछि उनी अनुसन्धानको दायरामा परेका हुन् ।

पूर्वउपराष्ट्रपतिका सल्लाहकार तथा प्लानिटम कलेजका सञ्चालक जीवन गुरुङ जीवन गुरुङ पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार हुन् । काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक समेत रहेका गुरुङको चिनियाँ सुनतस्करसँग प्रत्यक्ष संलग्न रहेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।तस्करले विद्युतीय चुरोट (भेप) मार्फत ल्याएको नौ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाछिरिङ वाङसँग गुरुङको गहिरो सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा आयोगले गुरुङउपर मुद्दा चलाएर कारबाही गर्न सिफारिस गरेको हो । सुन तस्करीको आरोपमा अनुसन्धानको लागि गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८० फागुन १४ गते पक्राउ गरेको थियो । हाल गुरुङ अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् ।

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा-काण्डैकाण्डमा फस्दै आएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा जोडिएका छन् । सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितीले चिनियाँ नागरिकसँग मिलेर गरिएको संगठित सुन तस्करीमा महाराको पनि संलग्न देखिएको पुष्टि गरेको छ । सोही पुष्टिका आधारमा गृह मन्त्रालयले महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको हो । उनको तस्करीमा संलग्न चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङ, पूर्वउपराष्ट्रपतिका सल्हकार जीवन गुरुङसँग तस्करीको सुनसँग नै सम्बन्धित रहेर पटक–पटक कुराकानी तथा भेटवार्ता भएको पूर्वन्यायाधीश आचार्य नेतृत्वको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

व्यवसायी सुबु केसी-उच्चस्तरीय छानबिन समितिले सुबु केसीलाई पनि सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबुप्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको तथ्य फेलापरेपछि आयोगले केसीउपर मुद्दा चलाएर अनुसन्धान गर्न निर्देशन दिएको हो ।

व्यवसायी जीवन चलाउने-व्यवसायी जीवन चलाउनेको सुन तस्कर चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ वाङसँग प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छ । सुन तस्करीसम्बन्धी छानबिनको लागि पूर्वन्यायाधीश डिल्लीराज आर्चायको नेतृत्वको छानबिन आयोगले चलाउनेको प्रत्यक्ष सम्बन्ध तस्करसँग रहेको देखाएको हो ।सोही विषयमा सीआईबीले चलाउनेलाई ब्युरोमा लगेर बयान कागज गराएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ । चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया