Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभाको बैठकमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकमा शोक प्रस्ताव पारित


काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् । अन्सारीको ६० वर्षको उमेरमा आइतबार उपचारका क्रममा निधन भएको हो । बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले २०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया