Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारनिर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधन आवश्यक : नेत्री सङ्ग्रौला

निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधन आवश्यक : नेत्री सङ्ग्रौला


महोत्तरी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छिन् । उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याएकी हुन् ।

उनले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन् । अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने उनको भनाइ छ ।

सङ्ग्रौलाले नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको बताइन् । राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो ।

पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उल्लेख गर्दै उनले मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने दाबी गरिन । मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेको बताउँदै सङ्ग्रौलाले आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार

तपाईको प्रतिक्रिया