Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवित्तीय प्रणालीमा करिब दुई अर्ब पठाउँदै राष्ट्र बैंक

वित्तीय प्रणालीमा करिब दुई अर्ब पठाउँदै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले एक अर्ब ९१ करोड १० लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानी गर्न लागेकाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । संस्थागत निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा गरिने यस्तो लगानी विभिन्न कोषमा रहेको पैसा भएको केन्द्रीय बैंकले सूचनामा उल्लेख गरेकोे छ । लगानी गरिने रकमको लागि बैंक तथा वित्तीय संस्थाहरुले यही चैत नौ गतेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिनुपर्नेछ । रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात् २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख एक गतेसम्म तोकिएको छ । लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैंकहरुमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरुमा नौ करोड ५५ लाख रुपैयाँ छ ।

सो रकम निक्षेप लिनको लागि प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढिरहेको हुुनुुपर्ने प्रावधान तोकिएको छ । यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधरणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा (व्यवस्था पछिकोमा रहेको), लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया