Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रस बोर्डर पर्यटन प्रवर्द्धनमा जोड

क्रस बोर्डर पर्यटन प्रवर्द्धनमा जोड


काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रस (बोर्डर) पर्यटन नेपालको पर्यटन प्रवद्र्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको छ । कार्यक्रममा सहभागीहरूले क्रस बोर्डर पर्यटन प्रवर्द्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने बताएका छन् ।

आठौं बंगाल टार्वल मार्ट (बीटीएम–२०२४) को प्रचारप्रसार तथा नेपाली व्यवसायीसँग अन्तर्क्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इस्टर्न हिमालय ट्राभल्स एण्ड टुर एसोसिएसन (इथवा) का पदाधिकारीहरूसँग बुधबार बोर्डमा अन्तत्र्रिmया आयोजना गरिएको थियो । इथवाको आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडीमा आठौँ बंगाल टार्बल मार्ट हुन लागेको छ । सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जलिङ्ग, सिक्किमलगायतका क्षेत्रबाट पूर्वी नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचारप्रसार र सहजीकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।

बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बर्डर पर्यटनलाई जोड दिँदै नेपाल भारत सीमा क्षेत्रमा विभिन्न मार्टहरू आयोजना गरेको जानकारी दिए । साथै, उनले छलफल तथा सहकार्यलाई जारी राख्नुपर्नेमा जोड दिए । इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर एसोसिएसन इथवाका अध्यक्ष देवाशीष मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए । यस्तै, इथवाका महासचिव सन्दिपन घोषले सिलगुडीमा आयोजना हुन लागेको बंगाल टार्बल मार्टमा नेपालको सहभागिताले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

प्रतिनिधि टोलीले काठमाडौं वरपरका चन्द्रगिरि, नगरकोट तथा पोखरा र चितवनलगायतका पर्यटकीयस्थलको भ्रमण तथा ती स्थानहरूमा व्यवसायीहरूसँग अन्तत्र्रिmया गरी फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा दाबा शेर्पाले जानकारी दिए । गत वर्ष नेपालको कोशी प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गत वर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो । सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरूको टोली नेपाल आएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया