Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइच्छाकामनाको विकास निर्माणमा सक्दो पहल गर्छु : अध्यक्ष दाहाल

इच्छाकामनाको विकास निर्माणमा सक्दो पहल गर्छु : अध्यक्ष दाहाल


मुग्लिन (चितवन) । चितवनको इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार गरेको बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको बताए । उनले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले चुनावमा गरेको वाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गरे । “२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ”, उनले भने, “दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ गाविस भवनबाहेक अन्य स्थानमा मोटरबाटो पुर्याउन सफल भएँ ।” अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र) इच्छाकामना गाउँ कमिटीले सम्मान गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया