Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमनको निर्णायकमा संगीता पुरी

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमनको निर्णायकमा संगीता पुरी


काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, यसले विविधता र सशक्तीकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्ने गरेको छ ।

कम्बोडियाको नोम पेनमा दुई दिनसम्म सञ्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धीहरू क्राउनका लागि प्रतिस्पर्धा गरेका थिए । निर्णायकका लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरूबीच एकताको भावनालाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेकी छिन् । उनी युनिभर्सल वुमनका जजमध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया