Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितपुरमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

ललितपुरमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको छ । सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले आगामी वैशाखमा हुन गइरहेको उपनिर्वाचनका साथै बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया