Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरेलले हतियार कहाँबाट ल्याउँछ ?

इजरेलले हतियार कहाँबाट ल्याउँछ ?


काठमाडौं,गाजा स्ट्रिपमा हमासविरुद्ध गरिरहेको लडाइँको शैलीलाई लिएर पश्चिमा देशका सरकारहरूलाई इजरेलविरुद्ध हतियार विक्री रोक्न दबाब परिरहेको छ।इजरेल मुख्य अस्त्र निर्यातकर्ता हो। तर उसको सेना भने उच्च रूपमा विदेशी विमान, नियन्त्रित बम र क्षेप्यास्त्रहरूमा निर्भर छ।

इजरेलले पछिल्लो समय निकै कडा र विध्वंसकारी हवाई हमलामा तिनको प्रयोग गरिरहेको विज्ञहरू बताउँछन्।

अभियान समूह र इजरेलको पश्चिमा साझेदार देशका केही नेताहरूले इजरेलले नागरिकहरूको जीवन बचाउन पर्याप्त काम गर्न विफल भइरहेको भन्दै अस्त्र निर्यात रोकिनुपर्ने बताइरहेका छन्।उनीहरूले मानवीय सहायता आवश्यकतामा रहेकाहरूसम्म पुर्‍याउने काम समेत सुनिश्चित गर्न नसकिरहेको बताएका छन्।शुक्रवार राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले अस्त्र प्रतिबन्धलाई साथ दिएको छ। जस क्रममा २८ देशले पक्षमा, छ देशले विपक्षमा मतदान गरेका छन् भने १३ वटा देशले मतदान प्रक्रियामै भाग लिएनन्।

इजरेललाई उच्च मात्रामा अस्त्र निर्यात गर्ने अमेरिका र जर्मनी दुवैले विपक्षमा मतदान गरे।

जर्मनीले उक्त प्रस्तावले प्रस्ट रूपमा हमासको निन्दा नगरेको भन्दै त्यसो गरेको जनाएको छ।

७ अक्टोबरमा हमासले इजरेलमा झण्डै १,२०० जनाको ज्यान जाने गरी गरेको हमलापछि यो युद्ध सुरु भएको थियो। इजरेलले मारिनेमा मुख्य रूपमा सर्वसाधारणहरू रहेको जनाएको छ।

त्यसपछि गाजामा भएका लडाइँमा ३३ हजारभन्दा धेरै मानिसहरू मारिएका छन्।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ७० प्रतिशत बालबालिका र महिला छन्।

इजरेलले आफ्ना फौजले नागरिक हताहत हुनबाट बचाउने गरी काम गरेको भन्ने गर्छ।

उसले हमासले सर्वसाधारणलाई जबर्जस्ती जोखिममा पारेको र सहायता आपूर्तिका लागि कुनै सीमा नतोकिएको जनाएको छ।अमेरिकाअहिलेसम्ममा अमेरिका इजरेलको सबैभन्दा ठूलो अस्त्र आपूर्तिकर्ता हो।

जसकै सहयोगमा इजरेल प्राविधिक दक्षताका हिसाबले संसारको सबैभन्दा विशिष्ट सेना बनेको छ।

स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युट एसआइपीआरआईका अनुसार इजरेलमा सन् २०१९ देखि २०२३ बीचमा भएका अस्त्र आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत छ।

अमेरिकाले इजरेललाई वार्षिक सैन्य सहायताका रूपमा ३.८ अर्ब अमेरिकी डलर दिन्छ।

छिमेकका देशहरूको भन्दा गुणस्तरीय सैन्य क्षमता कायम गर्नका लागि भन्दै दुई देशबीच भएको एउटा १० वर्षे सम्झौता अनुसार त्यसो गर्ने गरिएको छ।सो अनुदानलाई इजरेलले एफ-३५ जोइन्ट स्ट्राइक फाइटर किन्नमा प्रयोग गरेको छ।

छक्क्याउँदै हमला गर्न सक्ने उक्त विमान हालसम्मकै सबैभन्दा परिष्कृत मानिन्छ। हालसम्म ७५ वटा उक्त लडाकु जहाजका लागि सम्झौता गरेकामा ३० भन्दा धेरै इजरेलले पाइसकेको छ।

इजरेल एफ-३५ पाउने अमेरिकाबाहेक पहिलो र त्यसलाई युद्धमा प्रयोग गर्ने पहिलो देश हो।

उक्त सहायताको हिस्साकै रूपमा वार्षिक ५० करोड अमेरिकी डलर क्षेप्यास्त्र प्रतिरोधी कार्यक्रममा जान्छ जुन संयुक्त रूपमा विकास गरिएका आइरन डोम, एरो र डेभिड्स स्लिङ्स प्रणालीहरूमा खर्च हुन्छ।युद्धका बेला गाजाका सशस्त्र सैन्य समूहका साथै लेबनन, सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समूहबाट हुने रकेट, क्षेप्यास्त्र र ड्रोनबाट बच्नका लागि यी प्रणालीमा इजरेल भर पर्ने गरेको छ।

७ अक्टोबरको हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेललाई “थप सैन्य सहायता बढाउने” बताएका थिए।

यस युद्ध सुरु भएपछि इजरेललाई गरिएका दुई अस्त्र विक्री मात्र सार्वजनिक गरिएका छन्।

आपत्कालीन स्वीकृतिपछि दिइएका अस्त्रमा एउटा – ट्याकका १४,००० राउन्ड अस्त्र (१०.६ करोड डलर बराबर) र अर्को १५५ एमएमका तोपहरू बनाउने तत्त्व (१४.७ करोड डलर बराबर) छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडन प्रशासनले गोप्य रूपमा विभिन्न १०० भन्दा बढी सैन्य उपकरण इजरेललाई विक्री गरिसकेको छ जुन अधिकांश संसद्लाई औपचारिक जानकारी गराउनुपर्ने रकम सीमा भन्दा कम छन्।

ती नियन्त्रित हतियारमा साना आकारका बम, बङ्कर बुस्टर्स र साना हतियारहरू छन्।

संसद्को स्वीकृति आवश्यक पर्ने १८ अर्ब अमेरिकी डलर बराबरको एउटा ठूलो सम्झौता ५० वटा एफ-१५ लडाकु जेट खरिदसम्बन्धी छ।

कङ्ग्रेसले अझै त्यसमा स्वीकृति दिइसकेको छैन।जर्मनी

इजरेललाई दोस्रो धेरै हतियार निर्यात गर्ने देश जर्मनी हो।

सन् २०१९ देखि सन् २०२३ बीचमा इजरेलले किनेका हतियारको ३० प्रतिशत हिस्सा जर्मनीको रहेको एसआइपीआरआईको विवरण छ।

नोभेम्बरको सुरुतिरको विवरणका आधारमा उक्त युरोपेली देशको गत वर्षको इजरेललाई गरिएको अस्त्र विक्री २५.५ करोड डलर बराबरको छ।त्यो सन् २०२२ को तुलनामा १० गुणा धेरै हो।

तीमध्ये ७ अक्टोबरको हमलापछि अधिकांश अस्त्रको अनुमति दिइएको थियो।

डीपिए समाचार संस्थाका अनुसार हवाई प्रतिरक्षा प्रणाली र सञ्चार उपकरणका सामग्रीले विक्रीको अधिकांश हिस्सा ओगटेका छन्।

युद्धभर जर्मन चान्स्लर ओलाफ सोल्ट्स इजरेलको प्रतिरक्षाको अधिकारको दृढ समर्थक छन्।

यद्यपि उनको अभिव्यक्तिको लय पछिल्लो समय फेरिएको छ र जर्मनीमा त्यसबारे बहस भएका छन्। तर पनि अस्त्र विक्री रोकिने जोखिममा छैन।
इटली

इटली इजरेललाई अस्त्र निर्यात गर्ने तेस्रो मुख्य देश हो।

यद्यपि सन् २०१९ र २०२३ बीचमा उक्त देशले ०.९ प्रतिशत हिस्साको मात्र अस्त्र बेचेको देखिन्छ।

विवरणहरूका अनुसार त्यसमा हेलिकप्टर र नौसेनाका अस्त्र सामग्री छन्।

राष्ट्रिय तथ्याङ्क ब्युरो आइएसटिएटीका अनुसार गत वर्ष त्यस्तो विक्री १.४८ करोड बराबरको छ।इटलीले लडाइँ सुरु गर्न लागेको वा मानव अधिकार उल्लङ्घन गर्ने देशलाई आफ्नो देशको कानुनले अस्त्र विक्री प्रतिबन्ध गर्ने बताउँछ।

तर अक्टोबर र डिसेम्बर महिनाबीचमा झण्डै २१ लाख युरो बराबरका निर्यात स्वीकृत भएका छन्।

त्यहाँका रक्षामन्त्री गुइदो रोसेतोले गत महिना आफ्नो देशको संसद्मा बोल्दै इटलीले आफूहरूबीचका सम्झौताको सम्मान गर्दै प्रत्येक विषयवस्तु केलाउँदै “ती सर्वसाधारणहरूविरुद्ध प्रयोग हुने चिन्ता भएका सामग्री नभएको” सुनिश्चित गरेको बताएका थिए।
अन्य देशहरूइजरेललाई यूकेको अस्त्र निर्यात “तुलनात्मक रूपमा सानो” रहेको ब्रिटिश सरकारले जनाएको छ जुन सन् २०२२ मा ५.३ करोड डलर बराबर मात्रै थियो।

अस्त्र व्यापारविरुद्धको अभियान सीएएटीका अनुसार सन् २००८ यता यूकेले इजरेललाई ५७.४ करोड डलर बराबरको अस्त्र निर्यातको अनुमति जारी गरेको छ।

ती धेरैजसो अमेरिकामा बनेका युद्ध विमानमा प्रयोग हुने सामग्रीहरू छन्।

तर त्यस्ता निर्यात समेत निलम्बन गर्नका लागि ब्रिटिश सरकारमाथि दबाब बढिरहेको छ।क्यानडा सरकारको इजरेलसँगको अस्त्र विक्री सन् २०२२ मा १ करोड ५७ लाख अमेरिकी डलर बराबरको रहेको देखिन्छ।

ज्यानुअरीमा उसले त्यो क्यानडाको कानुन बमोजिम रहेको प्रयोग हुने सुनिश्चितता नहुँदासम्म थप निर्यातका अनुमति रोकिएको जनाएको छ।

यद्यपि पुरानै अनुमतिहरू भने कायमै रहेको जनाइएको छ।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया