Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमटिहानीका दुई हजार विपन्न गृहिणीलाई नि:शुल्क चुल्हो वितरण

मटिहानीका दुई हजार विपन्न गृहिणीलाई नि:शुल्क चुल्हो वितरण


महोत्तरी । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको छ । सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।

मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका हुन् ।

मटिहानीको अतिविपन्न परिवारलाई ग्यासचुल्हो महोत्तरी–३ प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गरेका हुन् । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा. मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा सांसद ठाकुरले ग्यासचुल्हो वितरणे भारत सरकारको सहयोगले विपन्न परिवारलाई सहयोग पुगेको बताए । उनले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भने । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया