Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगतिशील सहकारीमा पाठकले गरेको बदमासी

गतिशील सहकारीमा पाठकले गरेको बदमासी


काठमाडौं । बचतकर्ताहरूले अर्थ मन्त्रालयमा उजुरी गरेर भाँडभैलो मच्चिएको बेला सञ्चालकहरूले उनको अध्यक्षतामा बैंठक बस्न नमानेपछि आधा कार्यकाल नबित्दै गत असोजमा राजीनामा दिएर बसेका राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष बलराम पाठकले लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थामा एक अर्बभन्दा बढी रुपैयाँ हिनामिना गरेको हिसाब नक्कली अडिट रिपोर्ट तयार पारेर अहिलेका सञ्चालकहरूलाई टाँसो लगाउन प्रयास गरेका छन् ।

त्यही गर्न उनले सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष सचिवहरूलाई समेत थाहै नदिई एक राष्ट्रिय दैनिकमा यही चैत २९ गते संस्थाको विशेष साधारणसभा बोलाइएको अवैध सूचना प्रकाशित गराएको थाहा भएको छ ।

चैत २५ गते आइतबार सोही पत्रिकामा गतिशील बचत तथा ऋण सहकारी संस्थाले विशेष साधारणसभा मिति २०८१ वैशाख ७ गते शुक्रबार हुनुपर्नेमा अन्यथा भएको सच्चाइएको भनी सूचना संशोधन भएपछि उक्त सहकारीका पूर्वअध्यक्ष पाठकले गरेको बदमासी छताछुल्ल हुनपुगेको हो ।

गतिशील सहकारीका पूर्वअध्यक्ष पाठकले कोषाध्यक्ष राजेश कुमार हुमागाईसँग मिलेर एक अर्ब रुपैयाँभन्दा बढी घोटाला गरेको आरोप लागेको छ र त्यही घोटालालाई अहिलेका सञ्चालकहरूको टाउकोमा थोपर्ने गरी अमुक स्थानमा बसेर आफूखुसी तयार पारेको नक्कली अडिट रिपोर्टलाई वैधानिकता दिन उनले सञ्चालक समितिका कोषाध्यक्ष राजेश कुमार हुमागाईँबाहेक अरु कसैलाई थाहै नदिई आफूखुसी साधारणसभाको सूचना प्रकाशन गरेका थिए ।

कोषाध्यक्ष हुमागाईँ चाहिँ उनका कारोबारका भित्री सहयोगी हुन् । उनले गतिशील सहकारीको समस्या समाधान समन्वयन समितिका संयोजक पुष्पलाल महर्जनलगायत सदस्यहरूलाई समेत भड्काउने प्रयास गर्दै आएका छन् ।

सहकारीको समस्या समाधान भएको खण्डमा आफूहरूले गरेको बदमासीको पोल खुल्ने र बचतकर्ताले नछाड्ने भएकाले कोषाध्यक्ष हुमागाईँबाहेक पूर्वअध्यक्ष पाठकले सञ्चालक समितिका अध्यक्ष विकास थापा, उपाध्यक्ष खिमराज नेपाल, सचिव सौगत प्रसाद दाहाल, सदस्यहरू कुमार खत्री, राधादेवी श्रेष्ठ र विनय अमात्यलाई थाहै नदिई सधारणसभा आह्वान गरेका छन् ।

पूर्वअध्यक्ष पाठक र कोषाध्यक्ष हुमागाईँको मिलेमतोमा गतीशील सहकारीको रकम चामुण्डा देवी रोडा ढुंगा उद्योग प्रालि, मोर्डन रियल स्टेट प्रालि, एनी एग्रो फार्म प्रालि, जेम्स सिमेन्ट, दरियाल हाइड्रोपावरलगायत बारामा जग्गा खरिदमा दुरूपयोग भएको छ ।

अहिले ती अधिकांश कम्पनीको नामसारी गरिसकेपछि हिसाब मिलान गराउन नक्कली अडिट रिपोर्ट तयार पारेर त्यसलाई वैधानिकता प्रदान गर्न अवैध सूचना निकालेर साधारणसभा गर्नलाग्दा सञ्चलकहरूले थाहा पाएपछि सूचना नै खण्डन गरेर अर्को सूचना निकालेपछि गतिशील बचत तथा ऋण सहकारी संस्थामा भएको घोटाला सतहमा आएको हो ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया