Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडीआईजी जोशी नेतृत्वको टोली आरती साह मृत्यु प्रकरणको छानबिन गर्दै 

डीआईजी जोशी नेतृत्वको टोली आरती साह मृत्यु प्रकरणको छानबिन गर्दै 


काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली आरती साह मृत्यु प्रकरणको छानबिन गर्न जनकपुर गएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको जानकारी दिएका छन् ।

प्रवक्ता ढकालले केन्द्रीय अनुनसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीएसपी जागेश्श्वर भण्डारी, एसपी होविन्द्र बोगटी, इन्सपेक्टर शान्ता लामासहित जोशीसँगै जनकपुर पुगेर घटनाको छानबिन अघि बढाइसकेको बताए ।

पीडित पक्ष र गृहमन्त्रालयबीच पुन अनुसन्धान गर्नेबारे गत ३० फागुनमा सहमति भएको थियो । सोही अनुसार टोली पठाइएको हो । पीडित परिवारलाई वार्ताका लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय बोलाएर छलफल गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया