Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानीको पूर्ण सुरक्षाका लागि नेपाल तयार

लगानीको पूर्ण सुरक्षाका लागि नेपाल तयार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्धता जनाउँदै लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन् ।

आगामी वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेस्रो नेपाल लगानी सम्मेलन २०२४ का सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानीयोग्य परियोजनाहरू समेत तयार भइरहेको जानकारी गराउँँदै सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग नेपाल सरकारले अपेक्षा गरेको बताएका थिए ।

लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू सोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुनेछ भन्ने नेपाल सरकारले विश्वास लिएको जानकारी प्रधानमन्त्रीले गराएका थिए ।

लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिबद्धता र त्यसको प्राप्ति (रियलाइजेसन)मा निर्भर हुने भन्दै लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे ।

सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, विकास वित्त प्रदायक, बैंक तथा वित्तीय संस्था, विज्ञ, थिंक ट्यांकलगायतलाई एकै ठाउँमा ल्याउनेछ । सम्मेलनले विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानीसम्बन्धी समझदारी÷सम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया