Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजसपाका पूर्वसांसद साहमाथि सर्लाहीमा आक्रमण

जसपाका पूर्वसांसद साहमाथि सर्लाहीमा आक्रमण


काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि सर्लाहीमा आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका ६ मा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट उनको टाउकामा चोट लागेको छ ।आक्रमणमा परेर राजेन्द्र महतो,रवि पासवान र निकेश साह पनि घाइते भएका छन् ।

उनीहरुको सर्लाहीको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । घाइते साहको भने थप उपचारका लागि काठमाडौंमा पठाउने तयारी भएको छ । कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आर्यन चौधरी,सिद्धान्त चौधरी र सरोज माझि रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया