Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया


काठमाडौँ,एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरु भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो ।रासस

क्याटेगोरी : खेलकुद, समाचार

तपाईको प्रतिक्रिया