Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु

जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु


काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा को १ ज २६१७ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको जिप दूधकोशी नदी किनारमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया एक महिला रुँगा राई को घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया