Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग

महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग


काठमाडौं । पत्रकार महासंघले आर्थिक दैनिक प्रालिका अध्यक्ष एवं संस्थापक सम्पादक प्रह्लाद रिजालमाथि विनाकारण क्षेत्रपाटीमा भएको सांघातिक आक्रमणको प्रयासको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार रिजालमाथि भएको आक्रमण प्रयासको विषयमा ध्यानाकर्षण गर्दै कारबाहीको माग गरेको हो ।

महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ, यस्तो कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ’ । यसैगरी पत्रकार महासंघ काठमाडौं शाखाले पनि मंगलबार नै पत्रकार रिजालमाथि भएको आक्रमण प्रयासको विरोध गरी विज्ञप्ति जारी गरेको छ । महासंघका तर्फबाट अध्यक्ष सूर्य सुवेदीले विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिताको मर्मविपरीत हुने यस्तो कार्यमा संलग्न व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

मंगलबार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुबली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका थिए । क्षेत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुबली मालीले विपरीत दिशातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका थिए । ओई, तँलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यही …को छोराको पछिपछि लुतेकुकुरजस्तो लागेको छस् तँलाई के गर्नुपर्छ भन्ने मलाई थाहा छ, राम्रोसँग चिन म को हुँ भन्दै टोलेगुण्डा विजय मालीले बाटो छेकेर धम्क्याएका थिए ।

उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । पर्दापछाडिबाट टोलेगुण्डा मालीलाई उक्साउने केही व्यक्तिसँग टोलेगुण्डा मालीको लामो मिटिङ भएको थाहा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया