Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल


काठमाडौँ, एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ(अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।
एचसीजीद्वारा आज यहाँ आयोजित कार्यक्रममा यस सहकार्यले नेपालमा विश्वस्तरीय क्यान्सर उपचार, रोकथाम, पुनःस्थापना, हेरचाहमा पहुँच सुधार गर्न मद्दत गर्ने अस्पतालका टाउको र घाँटी शल्यक्रिया  विभागीय प्रमुख डा विशाल रावले बताए ।
सहकार्यसँगै सेवा बिस्तारको दायराले नेपालभर निःशुल्क क्यान्सर जाँच शिविर, नियमित रूपमा वैज्ञानिक सेमिनार र चिकित्सा शिक्षा सञ्चालन, नेपालका चिकित्सकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्न सहयोग मिल्नेछ ।
साथै देशमा अत्याधुनिक क्यान्सर शल्यक्रिया सेवासहित क्यान्सर रोगीका लागि प्रारम्भिक निदान र उपचार प्रोटोकल प्रदान गर्नेछ ।
सो अवसरमा डा रावले नेपाल मेडिकल काउन्सिलसँग प्रारम्भिक क्यान्सर हेरचाह, अनुसन्धान र बिरामी केन्द्रित  विशेषज्ञताको सहयोग निरन्तर प्रदान गरिने जानकारी दिए।
नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उहाँले  खुशी व्यक्त गए ।
 डा रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गरे।
त्यसका लागि सूर्तिजन्य र मादक पदार्थ सेवनको परिणाम देखिने गरी घटाउन पर्ने आवश्यकतामा जोड दिए । उनले तरकारी तथा फलफूलमा पछिल्लो समयदेखिको अत्यधिक विषाधि प्रयोगले पनि क्यान्सरको जोखिम बढिरहेको बताए। तमाखु, गुड्का, विडी, खैनीले मुखको क्यान्सलाई हात्तै बढाउने उनको भनाइ छ ।
उक्त सहकार्यबाट नेपालका क्यान्सरपीडित नागरिकका लागि अन्तर्राष्ट्रियस्तरीय क्यान्सरको रोगसम्बन्धी उपचार सेवा पहुँचयोग्य बनाउन अवसर प्राप्त हुनेछ ।
क्यान्सरको पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्नाले जीवन परिवर्तन गर्न सक्ने विषयको प्रचारप्रसार तथा जटिल केसमा थप अनुसन्धान गर्न नेतृत्व गर्न समेत सहकार्यबाट सहयोग पुग्ने अपेक्षा गरिएको  छ  ।
अस्पतालका विशेषज्ञ सल्लाहकार डा लोहित  रोड्डीले सहकार्यले नेपाल र भारतका क्यान्सरका बिरामीको उपचार र खोज अनुसन्धानमा सुनौलो अवसर प्रदान गरेको बताए ।
उनले भने, “क्यान्सर आफैमा एक रहस्यमय रोग हो, जुन विभिन्न व्यक्तिमा फरक रूपमा देखापर्छ । हेरचाह प्रक्रियामा निरन्तर अनुसन्धान र उपचार पद्धति चलिरहन्छ ।”
एचसीजी क्यान्सर अस्पतालले  स्थापनादेखि नै उपचारमा परिणाम देखिने गरी काम गर्दै आएको छ । त्यसबाट बिरामीलाई दीर्घजीवन र खुशी जीवन प्राप्त गर्न मद्दत गरेको छ ।
अस्पताल सबै क्यान्सरको निदान र उपचारका लागि विश्वको नवीनतम प्रविधिले सुसज्जित रहेको निर्देशक डा रावले बताए ।
एक्सन नेपाल सन् २०१३ मा नेपालमा सुर्ती नियन्त्रणको अभियानलाई अगाडि बढाउने प्राथमिक लक्ष्यका साथ स्थापना भएको गैरसरकारी संस्था हो । एक्सन नेपालले नेपाललाई धुमपानमुक्त राष्ट्र बनाउने परिकल्पना गरेको छ ।
उक्त संस्थाले विद्यमान सुर्ती नियन्त्रण कानूनको प्रभावकारी कार्यान्वयन र कार्यान्वयन, प्याकेजिङ नीतिको परिचय र पारित, सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत करको वकालत, धुमपानरहित कानूनको पालना, प्रतिबन्ध र बिक्री प्रतिबन्धलगाउन कार्यमा सहयोग पु¥याउँदै आएको छ ।रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया